विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर) « Khabarhub

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)



आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ ।

नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो । विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो ।

विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ ।

नेपालले अन्तर्राष्ट्रिय श्रम सम्बन्धी सम्झौता एवं देशको संविधान र कानुनमा सबैखाले श्रम र कामदारको सुरक्षा र वृत्ति–विकासको ग्यारेन्टी गरे पनि यसको कार्यान्वयन पक्ष अत्यन्त फितलो भएकाले अहिले नेपालका लाखौं युवा–युवती विदेशी भूमिमा विदेशीको लागि आफ्नो श्रम पसिना बगाउन बाध्य भैरहेका छन्।

नेपालको संविधानले श्रमिक वर्गका लागि जेजस्तो व्यवस्था गरेको भए पनि सडकमा दिनभर खाली खुट्टामा भारी बोक्ने भरियाको जीवनस्तर आज पनि उस्तै छ । निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई बिहान बेलुकाको छाक टार्न धौ धौ छ । होटेल र रेष्टुराहरुमा भाँडा सफा गरेर जीविकोपार्जन गरिरहेका मजदुरहरूको जीवन उस्तै छ । चिया बगानमा काम गर्ने मजदुरको अवस्था पनि दयनीय छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ८ : ३३ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका