अर्थसंक्षेप : वीरगञ्जबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात, नयाँ प्रसारण लाइनका लागि भारत-नेपाल संयुक्त लगानी सम्झौता र ३४ अंकले बढ्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : वीरगञ्जबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात, नयाँ प्रसारण लाइनका लागि भारत-नेपाल संयुक्त लगानी सम्झौता र ३४ अंकले बढ्यो नेप्से


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

३४ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब नाघ्यो कारोबार

साताको सेयर कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । बिहीबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ३४.२२ अंकले बढेको हो ।

बिहीबार २१६ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा नेप्से परिसूचक २६००.३८ विन्दुमा पुगेको छ भने नेप्सेको पुँजीकरणमा पनि १.३३ प्रतिशतले वृद्धि भएको छ । तर, आजको कारोबारमा २८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको चौथो भिडियो सार्वजनिक

एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व संकलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा एक अर्ब छ करोड रकमले कमी आएको आएको छ ।

जबकी गत आवको तीन महिनाको अवधिमा भने रु ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा केही कमी आएको बताए।

वीरगञ्ज भन्सार कार्यालयका चालु आवको असोज मसान्तसम्म रु १५ अर्ब ७२ करोड मूल्य पर्ने एक लाख ७४ हजार ९२४ किलोलिटर डिजेल आयात भएको छ । सो डिजेल आयातबाट रु छ अर्ब ९६ करोड राजस्व संकलन भएको छ ।

पोखरा-मुग्लिन सडक : भौतिक प्रगति ५९ प्रतिशत

पर्यटन प्रवर्द्धनका लागि तलाउ निर्माण गरिँदै

भारत र नेपालबीच नयाँ प्रसारण लाइनका लागि संयुक्त लगानी सम्झौता

नेपाल र भारतबीच दुई नयाँ अन्तरदेशीय ४०० केभी प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानी (जेभी) सम्झौता हस्ताक्षर गरिएको छ।

सम्झौतामा भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड (पीजीसीआईएल) र नेपाल विद्युत् प्राधिकरण (एनईए)का अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौता भारतका ऊर्जामन्त्री मनोहर लाल र नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको उपस्थितिमा सम्पन्न भएको हो।

अपाङ्गमैत्री विद्यालय भवन निर्माण

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ६ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्