अरूण-३ आयोजनामा थप ७ रोपनी ५ आना जग्गा अधिग्रहण गरिँदै « Khabarhub

अरूण-३ आयोजनामा थप ७ रोपनी ५ आना जग्गा अधिग्रहण गरिँदै


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण-३ आयोजनालाई आवश्यक थप जग्गा अधिग्रण गर्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले सूचना निकालेको छ ।

जिल्लाको मकालु गाउँपालिका-३ (साबिक पाथीभारा वडा नं. ३ र ४) मा थप ७ रोपनी ५ आना १ पैसा जग्गा अधिग्रहण गर्न लागिएको हो । अधिग्रहण गरिने थप जग्गाको मुआब्जा दर पनि निर्धारण भइसकेको छ ।

गत बिहीबार बसेको  मुआब्जा निर्धारण समितिको बैठकले मकालु गाउँपालिका-३ को उवा गाउँ तथा नयाँ बस्तीमा जग्गा अधिग्रहण र  मुआब्जाबारे निर्णय गरेको थियो ।

सूचनामा उल्लेख भएअनुसार साबिक पाथीभरा-४, नयाँ बस्तीमा १ हजार ४५ वर्गमिटर (२ रोपनी ३ पैसा १.८ दाम) जग्गा प्रतिरोपनी ८ लाख रुपैयाँका दरले अधिग्रहण गरिँदैछ । साबिक पाथीभरा-३ मा १४ सय ४८ वर्गमिटर (२ रोपनी १३ आना २ पैसा) खेतको मुआब्जा पनि प्रतिरोपनी ८ लाख रुपैयाँ नै निर्धारण गरिएको छ ।

साबिक पाथिभरा-३ मा रहेको १२ सय ३७ वर्गमिटर (२ रोपनी ६ आना ३ पैसा २.४ दाम) बारीको मुआब्जा सात लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

प्रशासनले निर्धारण गरिएको मुआब्जा रकममा चित्त नबुझे १५ दिनभित्र गृह मन्त्रालयमा निवेदन दिन सकिने सूचनामा उल्लेख गरेको छ ।

भारतीय कम्पनी सतलज विद्युत निगम (एसजेभीएन) ले सार्वजनिक-निजी-साझेदारी मोडल अन्तरगत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गरिरहेको छ । आयोजना निर्माणको काम ७० प्रतिशत सकिएको कम्पनीले जनाएको छ ।

जग्गा अधिग्रहण सूचनाः

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ११ : ०० बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी