हुम्लाको स्वास्थ्य शिविरमा १८ सय बढीले लिए सेवा « Khabarhub

हुम्लाको स्वास्थ्य शिविरमा १८ सय बढीले लिए सेवा


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

सो शिविरबाट एक हजार आठ सय २५ जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।

सोमबार र मङ्गलबार आयोजित सो शिविरमा ठूलो सङ्ख्यामा स्थानीय सहभागी रहेका थिए ।

नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूको टोलीले जिल्लाको सर्केगाड गाउँपालिकामा पुगेर स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।

पालिका केन्द्र सर्केगाडमा सञ्चालन भएको सो स्वास्थ्य शिविरमा मुटुरोग, न्यूरो, सर्जरी, पाठेघर, क्यान्सर, दम, हाडजोर्नी, निमोनियालगात सबै प्रकारका रोगको उपचार गरी निःशुल्क औषधि पनि वितरण गरिएको सांसद डा. शर्माले बताए ।

उनका अनुसार जाँच गरिएका बिरामीमध्ये एक सय ४७ जनामा गम्भीर प्रकृतिको रोग देखिएकाले उनीहरूलाई काठमाडौं मेडिकल कलेज सिनामङ्गल रेफर गरिएको र ती सबै बिरामीलाई काठमाडौंमा पनि निःशुल्क उपचार गरिने छ ।

निःशुल्क स्वास्थ्य शिविरमा सर्केगाड गाउँपालिकाका सायाँ, गोठी, दुल्ली, रिप, उनापानी, राहादेउ, भुवा, कल्लासलगायत गाउँका नागरिकले सेवा पाएका हुन् ।

स्वास्थ्य पहुँचमा नपुगेका र दुर्गम क्षेत्रका नागरिकले गाउँघरमै विशेषज्ञसहितको सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहित २५ जनाको टोली रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १२ : १२ बजे

रञ्जु दर्शनासहित सात नेता बने रास्वपा केन्द्रीय समिति सदस्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा

जेलबाट छुटेयता रविको उपस्थितमा रास्वपाको पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बनस्थलीमा सुरू भएको

अन्तर्राष्ट्रिय सम्बन्धका जानकारले भने : भेनेजुएलामा अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघको मान्यताविपरीत

काठमाडौं- संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलामाथि हालै गरिएको सैन्य आक्रमणप्रति अन्तर्राष्ट्रिय

सरकारले आफ्ना माग सम्बोधन नगरे वार्ता तोडिने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा सहभागिता बढ्यो : सुरेन्द्र बस्नेत

काठमाडौं– राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो कार्यकालमा