युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा सहभागिता बढ्यो : सुरेन्द्र बस्नेत « Khabarhub

युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा सहभागिता बढ्यो : सुरेन्द्र बस्नेत


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो कार्यकालमा युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा युवाहरूको सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण कामहरू भएको बताएका छन् ।

चारवर्षे कार्यकाल पुरा गरि बिदा हुनुअघि आइतबार भक्तपुरस्थित परिषद्को कार्यालयमा आफ्नो कार्यकालमा भएको कामको श्रवेतपत्र सार्वजनिक गर्दै बस्नेतले सीमित स्रोत साधनकाबीच युवाहरूलाई मुलुक निर्माणको साझेदार बनाउने उद्देश्यका साथ महत्वपूर्ण कामहरू भएको बताए ।

यसबीचमा राष्ट्रिय युवा नीति २०८२ जारी गरिएको, युवा उद्यम कार्यक्रम अन्तर्गत बिनाधितो उपलब्ध गराइएको १९ करोड बराबरको कर्जा असुलउपर गरि सरकारी कोषमा फिर्ता गरिएको, युवाहरूको नेतृत्व विकास र कूटनीतिक क्षमता अभिवृद्धि गर्ने काम भएको उनले जानकारी दिए ।

त्यसैगरी उनले स्वास्थ्य, शिक्षा, रोजगार लगायत विपद व्यवस्थापनदेखि कलासहित्यसम्मको क्षेत्रमा युवाहरूका भूमिकालाई प्रभावकारी बनाउन आवश्यक क्रियाकलाप भएको बताए ।

उनले युथ भिजन २०३५ अविलम्व जारी गर्ने, युवा स्टार्टअप सम्बन्धी सबै छरिएर रहेका कार्यक्रमहरूलाई एकीकृत गरि युवा परिषद्मार्फत सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

बस्नेतलाई तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले २०७८ साल पुष २१ गते परिषद्को कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गरेको थियो । कार्यक्रममा परिषद्का कर्मचारीहरूले बस्नेतलाई बिदाई गरेका थिए । 

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : २९ बजे

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरुद्ध रिट दायर

काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन

मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ