अर्थमन्त्री भन्छन् : आर्थिक शिथिलता कम हुँदैछ, तर ढुक्क हुने अवस्था छैन « Khabarhub

अर्थमन्त्री भन्छन् : आर्थिक शिथिलता कम हुँदैछ, तर ढुक्क हुने अवस्था छैन


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गए पनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘दिगो आर्थिक विकासका लािग वित्त नीति’ कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको शिथिलता सुधार हुँदै गए पनि ढुक्क हुने अवस्था नरहेको बताए ।

उनले विभिन्न तथ्याङ्कहरूको आधारमा अर्थतन्त्रमा वर्षभन्दा सुधार देखिएको जिकिर गरे ।

आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस वर्ष साढे चार प्रतिशत भन्दामाथि आर्थिक वृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनले बताए ।

मन्त्री पुनले जलविद्यत् लगायत क्षेत्रमा केही राम्रो देखिए पनि निर्माण क्षेत्रमा समस्या देखिएको धारणा राखे ।

उनले किसानहरूलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने बताए । आगामी नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिलाई मिलाएर लैजाने र जनतामा आशा जगाउने काम गर्ने उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : १३ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता