प्रधानमन्त्री ओलीले दिए बकर इदको शुभकामना « Khabarhub

प्रधानमन्त्री ओलीले दिए बकर इदको शुभकामना


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महत्वपूर्ण चाड इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना दिएका छन् ।

ओलीले आज एक शुभकामना सन्देश जारी गरी गर्दै आजको दिन सकभर खुला स्थान इद गाहामा सो नभए मस्जिदमा इद–उल–अज्हा (बकर इद)को नमाज पढेर एकापसमा खुशी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने दिन भएको बताएका छन् । उनले यो मुस्लिमको खुसीको क्षणमा मुस्लिम समुदायमा शुभकामना भनेका छन् ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ,‘यस अवसरमा हरेक वर्ष लाखौँ इस्लाम धर्मावलम्बीहरुले हज गर्ने गर्दछन्, यो वर्ष हज गर्न साउदी अरबको मक्का–मदिनामा गएका पन्ध्र सय नेपाली हाजीहरुलाई समेत हज मुबारक भन्न चाहन्छु।’

बकर इदका अवसरमा बिहान सबेरै नमाज पढेपछि आ–आफ्नो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरीबलाई र बाँकी एक हिस्सा इस्टमित्रहरुलाई प्रदान गर्ने गरिन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : २९ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये