विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने « Khabarhub

विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१औं बैठक आगामी असार ४ देखि ७ सम्म काठमाडौंमा हुने भएको छ । अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा बैठक आयोजक समिति गठन गरिएको छ ।

आइडीए विश्व बैंकबाट सहुलियतपूर्ण ऋण प्रवाह गर्ने निकाय हो । विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भएको भेटमा अर्थमन्त्री वर्षमान पुनले समितिको विषयमा जानकारी दिइसकेका छन्‌ ।

बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा नै सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरूले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने उपाध्यक्ष मार्टिनले जानकारी दिएका छन्‌ ।

नेपाल सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने जनाएको छ । आइडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकोमा विश्व बैंक समूहले नेपाल रोजेको हो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : ११ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर