डढेलोले सिङ्गो गाउँ नै जोखिममा « Khabarhub

डढेलोले सिङ्गो गाउँ नै जोखिममा


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन् ।

जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो । आगलागीमा परी दधिराम पौडेल घाइते भएका छन् ।

घाइते पौडेललाई धौलागिरि अस्पताल बागलुङमा ल्याइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

आज दिउँसो डाँडाखेत सामुदायिक वनमा लागेको आगो बस्तीमा बस्दा घर गोठ जलेको उनको भनाइ छ । गोठ जल्दा पाँच वटा गाई, पाँच बाख्रा मरेको उपप्रमुख खड्काले बताए।

सामुदायिक वनमा लागेको आगोले डाँडाखेत गाउँनै जोखिममा रहेको उनले बताए । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा ल्याउन खोजे पनि अहिलेसम्म नियन्त्रणबाट आउन नसकेको खड्काको भनाइ छ ।

“आगो आज दिउँसो लागेको रहेछ, स्थानीयले नगरपालिकामा खबर गरेपछि, प्रहरीको टोलीसहित हामीहरु आगलागी भएको स्थानमा आएका छौँ, आगलागीले सामुदायिक जलेको छ, वनबाट लागेको आगो गाउँमा आउँदा पाँच वटा घर गोठ जलेर नष्ट भएका छन्, एक दर्जन पशुचौपाया पनि जलेर मरेका छन् भने धेरै घाइते छन्”, उपप्रमुख खड्काले भने, “एक जना स्थानीय पनि घाइते हुनुभएको छ, उहाँलाई धौलागिरि अस्पताल पठाएका छौँ ।”

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १० : ३३ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति