घरेलु हिंसाको शिकार भइन् श्वेता तिवारी, पक्राउ परे श्रीमान् | Khabarhub Khabarhub

घरेलु हिंसाको शिकार भइन् श्वेता तिवारी, पक्राउ परे श्रीमान्


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडको छोटो पर्दाकी चर्चित कलाकार श्वेता तिवारीले आफ्ना पति अभिनव कोहलीमाथि घरेलु हिंसाको आरोप लगाएकी छिन् ।

उजुरी परेपछि प्रहरीले अभिनवलाई पक्राउ गरेको छ । श्वेताको उजुरीअनुसार पतिले छोरीलाई पनि कुटपिट गर्ने गरेका थिए ।

श्वेताका साथ उनी छोरी पलक पनि प्रहरी स्टेशनको बाहिर थिइन् । भारतीय मिडियाका अनुसार पतिले श्वेता र उनकी छोरीमाथि सधै नराम्रो व्यवहार गर्थे । जसकारण उनलाई प्रहरीको सहारा लिनुपर्ने अवस्था आयो ।

भारतीय मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् कि, अभिनवले पलकमाथि अभद्र कमेन्ट गर्ने गर्थे । श्वेताका अनुसार अभिनवले छाेरीलाई सन् २०१७ मा एक मोडलको अश्लील फोटो पनि देखाएका थिए ।

यो उजुरी मुम्बईको समता नगर प्रहरी स्टेशनमा दर्ता भएको छ । श्वेता यसअघि पनि घरेलु हिंसाका विषय उठाएकी हुन् । यसअघि श्वेताका पूर्वपति राजा चौधरीसँग पनि उनको सम्बन्ध खासै राम्रो हुन सकेको थिएन । राजाले पनि नशामा आएर उनलाई कुटपिट गरेका थिए ।

त्यसपछि श्वेताले राजासँग डिभोर्स गरेकी थिइन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १० : १३ बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।