ओली-प्रचण्ड वार्ता : नयाँ बजेट, उपनिर्वाचन र माधव नेपालको असन्तुष्टिबारे कुराकानी « Khabarhub

ओली-प्रचण्ड वार्ता : नयाँ बजेट, उपनिर्वाचन र माधव नेपालको असन्तुष्टिबारे कुराकानी


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सिंहदरबारमा दुई घण्टावार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच बिहान ११.४० देखि झन्डै दुई बजेसम्म संवाद भएको हो ।

प्रधानमन्त्रीसँगको भेटपछि अध्यक्ष ओलीले समसामयिक राजनीतिसहित बजेटबारे पनि कुरा भएको बताएका छन् ।

बजेट अधिवेशनबारे पनि कुरा  भएको उनले जानकारी दिए । ओलीले बजेट अधिवेशन आह्वान गर्ने जिम्मा सरकार र संसद्‍को रहेकाले त्यसबारे चाँडै निर्णय हुन सक्ने उल्लेख गरे ।

भेटवार्तामा दुई नेताले उपनिर्वाचनको समीक्षा पनि गरेका छन्। उपनिर्वाचनमा इलाम र बझाङ दुवैमा एमाले विजयी भइसकेको छ ।

भेटमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टिबारे छलफल भएको स्रोतले जनाएको छ । नेपालले पछिल्लो समय सरकार र एमालेविरुद्ध आक्रमक भनाइ राखिरहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : १५ बजे

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार