ओली-प्रचण्ड वार्ता : नयाँ बजेट, उपनिर्वाचन र माधव नेपालको असन्तुष्टिबारे कुराकानी « Khabarhub

ओली-प्रचण्ड वार्ता : नयाँ बजेट, उपनिर्वाचन र माधव नेपालको असन्तुष्टिबारे कुराकानी


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सिंहदरबारमा दुई घण्टावार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच बिहान ११.४० देखि झन्डै दुई बजेसम्म संवाद भएको हो ।

प्रधानमन्त्रीसँगको भेटपछि अध्यक्ष ओलीले समसामयिक राजनीतिसहित बजेटबारे पनि कुरा भएको बताएका छन् ।

बजेट अधिवेशनबारे पनि कुरा  भएको उनले जानकारी दिए । ओलीले बजेट अधिवेशन आह्वान गर्ने जिम्मा सरकार र संसद्‍को रहेकाले त्यसबारे चाँडै निर्णय हुन सक्ने उल्लेख गरे ।

भेटवार्तामा दुई नेताले उपनिर्वाचनको समीक्षा पनि गरेका छन्। उपनिर्वाचनमा इलाम र बझाङ दुवैमा एमाले विजयी भइसकेको छ ।

भेटमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टिबारे छलफल भएको स्रोतले जनाएको छ । नेपालले पछिल्लो समय सरकार र एमालेविरुद्ध आक्रमक भनाइ राखिरहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : १५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित