फरक ढङ्गको विकासको अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की « Khabarhub

फरक ढङ्गको विकासको अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

दमक– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् । झापाको शिवसताक्षी नगरपालिका–६ वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन तथा जग्गादातालाई सम्मान गर्दै उनले कोशी प्रदेश सरकार विकासका काममा अग्रसर भएको उल्लेख गरे ।

भौतिक पूर्वाधारको विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा समस्या उत्पन्न भएको मुख्यमन्त्री कार्कीले बताए। 

उनले भने, ‘मानवीय संवेदना र सामाजिक मूल्य मान्यतासहितको विकासमा हामी निकै पछिपरेका छौँ, यसतर्फ प्रदेश सरकार गम्भीर छ ।”’ 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सुरु गरेको बालबालिकाको निःशुल्क उपचारसम्बन्धी कार्यक्रम प्रभावकारी बन्दै गएको बताए। 

उनले भने, ‘हरेक पालिकामा दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक विषयको पढाइमा अनुदान दिने कार्यक्रम अघि बढाएका छौँ, हात्ती प्रभावित क्षेत्रमा लगाइने कृषि बालीको बीमा गरेका छौँ, यसका लागि थप बजेट ल्याउने प्रदेश सरकारको तयारी छ ।’

कागजी दस्तावेज मिलाएर त्यसैका आधारमा सरकारको अनुदान दुरुपयोग गर्ने अभ्यासले समग्र व्यवस्थाप्रतिनै निराशा पैदा गराइरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भ्रष्टाचारमा सहयोग पुग्ने खालका कार्यक्रमलाई प्रदेश सरकारले निस्तेज गर्ने स्पष्ट पारे । सो अवसरमा उनले वडा कार्यालयका लागि जग्गादान गर्ने जग्गादाता सुरज राजवंशी, दुर्गाप्रसाद गुरागाईँ, चन्द्रमणि पौडेल र देवनारायण भण्डारीलाई सम्मान गरेका थिए  । 

दाताहरूले संयुक्तरूपमा ११ कठ्ठा जमिन निःशुल्क उपलव्ध गराएका छन् । वडा कार्यालय लामोसमयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । वडाले आफ्नै भवन तयार गरेपछि दैनिक कार्यसञ्चालनमा सेवाग्राहीलाई सुविधा पुग्ने शिवसताक्षी–६ का वडाध्यक्ष मनोज खुलालले बताए । 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : १९ बजे

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

तेहरान– इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा