जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग « Khabarhub

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण जमिन खाली गराउन स्थानीयले आग्रह गरेका छन् ।

विसं २०७६ माघ २४ गतेदेखि अतिक्रमित जग्गा खाली गराउन सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको भन्दै स्थानीयले यस्तो आग्रह गरेका हुन् ।

अभियन्ता शुभेन्द्रकुमार साहले जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालयलाई लिखितरूपमा ज्ञापनपत्र बुझाएको बताए ।

“सार्वजनिक सम्पत्ति हामी सबैको हो । त्यसैले नागरिकको कर्तव्य ठानेर अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउन माग गरेका हौँ”, अभियन्ता साहले भने । आफ्नो माग सुनुवाइ नभए अब सत्याग्रह (आमरण अनशन) बस्नुपर्ने अवस्था आउने पनि उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले भने मागसम्बन्धमा सत्यतथ्य बुझि आवश्यक प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

अतिक्रमित जग्गामा अहिले विभिन्न ११ परिवारले घर टहरा बनाएर बसोबास गरिरहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ८ : १९ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक