देशमा चुनौती देखियो, कांग्रेस एकढिक्का हुने समय आयो : देउवा « Khabarhub

देशमा चुनौती देखियो, कांग्रेस एकढिक्का हुने समय आयो : देउवा


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा देखिएको चुनौती सामना गर्न पार्टीलाई एकतावद्ध बनाउर अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको १० औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

उनले अहिले देशभित्र निकै चुनौती देखिएको भन्दै यसलाई सामना गर्न पार्टीका सबैजना एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

यसअघि जस्तै अहिलेको चुनौती समाधान गर्न कांग्रेस सफल हुने विश्वास उनले जनाए ।

सभापति देउवाले देशमा खेलकुदप्रति युवाहरूको आकर्षण रहेको भन्दै यस क्षेत्रको विकासमा सबै गम्भीर भएर लाग्नुपर्ने पनि उल्लेख गरे।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले खेलकुदमा जस्तै नेपाली राजनीतिमा अनुशासन कायम गर्नुपर्ने बताए ।

उनले गालीको राजनीतिका कारण दलहरूबीच तिक्तता खडा भएको बताउँदै नेपालको राजनीति गम्भीर घुम्तीमा पुगेको उल्लेख गरे ।

उनले राजनीतिलाई सही ट्रयाकमा ल्याउने काम कांग्रेसकै भएकाले निराशालाई आशामा बदल्ने जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : ०२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल