प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास « Khabarhub

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय चौधरीले रौतहटको कटहरिया नगरपालिका ३ स्थित बर्थिङ सेन्टरको शिलान्यास गरेका छन् ।

कटहरिया ३ बिर्ती प्रष्टोका गाउँ छेउ शुक्रवार एक समारोहका बिच विधिवत् रूपमा ब्राह्मण द्वारा मन्त्रोच्चारण पश्चात् कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री चौधरीले बर्थिङ सेन्टरको शिलान्यास गरेका हुन् ।

उक्त अवसरमा वडा ३ का अध्यक्ष श्यामाकान्त यादव,४ का अध्यक्ष चन्दन कुशवाहा , वडा अध्यक्ष संन्जय यादब, शिक्षक नेता मणिशंकरनिधि, मेयर प्रत्याशी योगेन्द्र साह, एमाले नेता बिनोद साह, लगायत बुद्धिजीवी,समाजसेवी, युवाहरूको विशेष उपस्थितिमा रहेको थियो  ।

मधेश प्रदेश सरकारको कुल २५ लाख रुपैयाँको लागतमा तीन महिना भित्र बर्थिङ सेन्टर भवनको निर्माण गरिने योजना रहेको वडा ३ का अध्यक्ष श्यामाकान्त यादवले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : ५४ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच