व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी | Khabarhub Khabarhub

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक तरकारी खेतीमा जोड दिन थालेका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–६ विजुलियाका किसान बुद्धिराम चौधरीले विगत १२ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने गरेको बताए ।

‘सुरु–सुरुमा थोरै जग्गामा तरकारी खेती गरिन्थ्यो, पछिल्ला वर्षहरूमा मैले १२ कट्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएको छु’, उनले भने । उनका अनुसार वार्षिक रु छदेखि सात लाखसम्म आम्दानी हुन्छ । उनले खर्च कटाएर रु चार लाख बचत हुने गरेको बताए ।

‘नौ जनाको परिवार छ, अन्य आयस्रोत केही छैन, घर खर्च छोराछोरीको पढाई लेखाइ खर्च तरकारी खेतीबाट भएको आम्दानीले नै चल्छ’, चौधरीले भने, ‘आफूले पनि ताजा तरकारी खान पाइएको छ, नगद आम्दानी पनि हुन्छ, धान गहुँभन्दा तरकारी खेतीबाट राम्रो फाइदा हुने भएकाले यसमा जोड दिएको हुँ, तरकारी खेतीमा मेहनत भने बढी चाहिन्छ ।’

सोही ठाउँका स्थानीय किसान छेदालाल चौधरीले पनि लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले आठ कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएको बताए ।

‘मैले व्यावसायिकरुपमा तरकारी खेती गर्न लागेको १५ वर्ष भयो, त्योभन्दा पहिले पनि तरकारी खेती त गरिन्थ्यो, व्यावसायिकरुपमा गरिएको थिएन, अहिले मैले बाह्रैमास तरकारी खेती गर्छु’, उनले भने, ‘आम्दानी पनि राम्रै हुन्छ, बीउ बिजन, मल खाद्यलगायतको खर्च कटाएर वार्षिक रु तीन लाखसम्म बचत हुन्छ ।’

तरकारी बेच्न पनि समस्या नहुने र धनगढीमा रहेको हाटबजारमा लगेर बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘छ जनाको परिवार छ, घर खर्च छोराछोरीको पढाई लेखाइ खर्च आरामले चल्छ, अप्ठ्यारो पर्दा ऋण खोज्नुपर्ने अवस्था आउँदैन’, उनले भने, ‘तरकारी खेतीबाट परिवार राम्ररी पाल्न सकिन्छ भन्ने मेरो अनुभव छ ।’

त्यस्तै सोही वडाको शान्ति टोलका शेरुराम चौधरीले पनि विगत लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताए । ‘मैले आठ कट्ठा जग्गामा तरकारी खेती गर्दै आएको छु, तरकारी खेतीबाट नगद आम्दानी हुन्छ, धान गहुँबाट आम्दानी कम हुन्छ, त्यसैले तरकारी खेती गर्ने गरेको छु, मैले आलु मात्रै वर्षको रु दुई लाखसम्म बिक्री गर्छु’, उनले भने, ‘तरकारी खेतीबाट खर्च कटाएर वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ ।’

सिँचाइको राम्रो व्यवस्था हुनसके, बीउ, मलखाद्य समयमै पाउन सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

‘पाँच जनाको परिवार छ, छोराछोरीको पढाई लेखाइ, घर खर्च यसैबाट चल्छ, मेरो आम्दानीको स्रोत भनेको यही हो, यसबाट म सन्तुष्ट छु’, उनले भने । यहाँका धेरैजसो किसानले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ३ : ११ बजे

गृहमन्त्री लेखकलाई राष्ट्रपतिको फोन, जनधनको क्षतिबारे लिए जानकारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरेर वर्षापछि

वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु

पाटन– वर्षाजन्य विपद्मा  ललितपुरमा  हालसम्म १८ जनाको शव फेला परेको

कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द

काठमाडौं– लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजको पुलमा आवत–जावत

श्रीलंका टप्पुको तिलियामा २४ घण्टादेखि २२ जना उद्धारको पर्खाइमा

सुनसरी– अविरल बर्षासंगै कोशीमा बढेको पानीको वहावका कारण बराहक्षेत्र नगरपालिका–६

गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची– अविरल वर्षासँगै खसेको पहिराले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ