रुपन्देही कारागारबाट निकालियो रविलाई, नख्खु कारागार ल्याइने « Khabarhub

रुपन्देही कारागारबाट निकालियो रविलाई, नख्खु कारागार ल्याइने


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थानान्तरणका लागि बाहिर निकालिएको छ ।

उनलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरणका लागि भैरहवा कारागारबाट बाहिर निकालिएको हो ।

कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेले दिएको निवेदनका आधारमा भैरहवाबाट नख्खु स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

उनलाई कारागार स्थानान्तरण गरिने भएपछि रास्वपाका नेताहरू काठमाडौंबाट भैरहवा पुगेका थिए । प्रवक्ता मनिष झाले आफूहरू भैरहवामा रहेको प्रतिक्रिया खबरहबलाई दिएका थिए ।

लामिछाने गत चैत २५ देखि भैरहवा कारागारमा थिए । गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न दिएको आदेश उल्टाउँदै पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि लामिछानेलाई सोही दिन प्रहरीले काठमाडौंबाट पक्राउ गरी चैत २३ गते शनिबार रूपन्देही लगेको थियो ।

तस्बिरहरु : अनिल ढुंगेल

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ३ : ५९ बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको