अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित « Khabarhub

अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ।

मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रयोजनका लागि शुक्रबार बोलाइएको बैठक अर्को सत्तारुढ नेकपा एमालेको अडानका कारण स्थगित गरिएको हो।

सोडारीले विश्वासको मत लिन भनेर संसद् बैठक अब शनिबार साँझ साढे ५ बजेसम्मलाई स्थगित गरिएको हो ।

प्रदेश संसद सचिवालयले शुक्रबार अपरान्ह एक सूचना निकालेर शनिबार साँझ ५ बजेसम्मलाई बैठक स्थगित गरिएको जनाएको छ ।

एमाले संसदीय दलका नेता राजेन्द्र रावलले आफूहरूसँग सोडारीले सल्लाह नगरेको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताएका थिए ।

एमालेले सोडारी सत्तारुढ दलहरूसँग सल्लाह नै नगरी अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएको छ । एमालेले सोडारीलाई समर्थन गरे पनि अझैसम्म मन्त्रीहरू पठाउने निर्णय गरेको छैन ।

उता नेपाली कांग्रेसले पनि उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेर संविधान मिचेको भन्दै संसद् अवरुद्ध पार्ने चेतावनी दिँदै आएको थियो ।

उता नाउपाले सोडारीलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप नै जारी गरेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ५ : ०७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको