अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा | Khabarhub Khabarhub

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले एक सय रुपैयाँ दरको नोटको पुरानो नक्सा हटाएर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अर्थमन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको जानकारी दिएकी छन् ।

‘अर्थमन्त्रालयको प्रस्तावमा सय रुपैयाँ दरको नोटको अग्रभागमा नेपालको चुच्चे नक्सा राखिने निर्णय भएको छ’, शर्माले भनिन्, ‘अब उक्त सय रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गरिने छ।’

लामो समयदेखि भारतले आफ्नो नियन्त्रणमा राखेको दार्चुलास्थित नेपाली भूगोल लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर हाल चुच्चे नक्सा प्रचलनमा ल्याइएको छ।

२०७७ जेठ ३१ गते बसेको प्रतिनिधिसभाको बैठकले नेपालको नयाँ चुच्चे नक्सलाई अनुमोदन गरेको थियो । भारतको विरोधका वाबजुद त्यसपछि नेपालले उक्त नक्सा प्रचलनमा ल्याइसकेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ५ : १७ बजे

वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

खेलाडीले पठाओ चलाएर परिवार पाल्नुपर्ने अवस्था छ

खेलाडीलाई सहिद स्मारक ए डिभिजन लिग गराउने आश्वासन दिँदादिँदै नेपाल

राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल