रोजर्स कपको उपाधि राफायल नाडाललाई « Khabarhub

रोजर्स कपको उपाधि राफायल नाडाललाई


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोजर्स कप टेनिसको उपाधि स्पेनका राफायल नाडालले जितेका छन् । आइतबार राति क्यानडाको मोन्टरियलमा भएको फाइनलमा रुसका डानिल मेड्भेदेबलाई पराजित गर्दै स्पेनका नाडालले उपाधि जितेका हुन् ।

विश्व नम्बर एक नाडालले १ घण्टा १० मिनेटसम्म चलेको खेलमा मेड्भेदेबलाई ६–३ र ६–० को सेटमा पराजित गरे । योसँगै नाडालले पाँचौं पटक रोजर्स कपको उपाधि हात पारेका छन् भने यो उनको ३५ औं मास्टर्स उपाधि पनि हो ।

जीतपछि दिएको प्रतिक्रियामा नाडाले पछिल्लो साताको सबैभन्दा राम्रो प्रतिस्पर्धा भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

महिलातर्फको उपाधि क्यानडाकी बियान्का आन्द्रेसकुले जितिन् । फाइनलमा सेरेना विलियम्सले चोट बोक्दै रिटायर्ड भएपछि आन्द्रेसकुले उपाधि जितेकी हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १२ : ०२ बजे

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड