अहिले पनि मलाई दर्शकले होस्टेलकै ‘जंगे’ भनेर चिन्नुहुन्छ: सलोन « Khabarhub

अहिले पनि मलाई दर्शकले होस्टेलकै ‘जंगे’ भनेर चिन्नुहुन्छ: सलोन


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रायः सपोर्टिङ कलाकारको भूमिकामा देखिने सलोन बस्नेत फेरि एकपटक सहायक कलाकारकै भूमिकामार्फत दर्शकमाझ आउँदैछन् । चलचित्र ‘होस्टेल’ मा जंगे को भूमिकामा देखिएका सलोन त्यसपछि सहायक कलाकारकै भूमिकामा धेरै चलचित्रमा देखिए ।

सलोनको बुझाइमा अझै पनि दर्शकले चलचित्र ‘होस्टेल’ को क्यारेक्टरलाई भुलेका छैनन् । बरु यस्तै शैलीको अभिनय गरेका अन्य चलचित्र त्यही कारणले दर्शकले रचाइरहेका छन् ।

सलोनले आफूलाई अहिले पनि उस्तै खाले भूमिकाबाट अफर आउने र यसलाई सामान्य रुपमा लिएको बताउँछन् । दर्शकले पनि यस्तै भूमिकामा देख्न चाहेकाले सिनेमेकरले पनि यस्तै भूमिकामा अफर गर्ने गरेको उनको धारणाा छ ।

‘कति फिल्म चयनमा मेरो कमजोरी भयो होला तर अहिले पनि दर्शकले मलाई होस्टेलकै क्यारेक्टरमा हेर्न चाहनुभएको छ, त्यसैले होला निर्माताले पनि यस्तै भूमिका दिनुभएको छ,’ सलोन भन्छन्, ‘मलाई यसमा कुनै चिन्ता पनि छैन, शायद पछि परिवर्तन पनि आउँछ होला ।’

उनले अभिनय गरेको चलचित्र ‘हजार जुनीसम्म’ पनि प्रदर्शनका क्रममा छ । यो चलचित्रमा उनी सहायक कलाकारकै रुपमा छन् । सलोनले कहिल्यै पनि आफू मुख्य भूमिकामा अभिनय गर्छु भनेर कोशिश नगरेको बताउँछन् । ‘दर्शकले मलाई यस्तै भूमिकामा रुचाउनुभएको छ, यसमै खुशी छु,’ उनी सुनाउँछन् ।

त्यसो त सलोनले केही चलचित्रमा शीर्ष भूमिकामा पनि अभिनय गरेका थिए । ती चलचित्र व्यापारिक रुपमा सफल बन्न सकेनन् । सलोनलाई धेरै चलचित्रमा सपोर्टिङ कलाकारकै रुपमा स्पेस दिइएको हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १२ : १० बजे

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई