अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए « Khabarhub

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको जनाइएको छ ।

प्रहरीले शनिबार राति अबेरसम्म एक व्यक्तिले चक्कु प्रहार गरी सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको जनाएको छ ।

नाबालिगको उमेर १६ वर्ष थियो । उनलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेका नाबालिगको उपचारका क्रममा मृत्यु भएको हो ।

पछिल्लो समय अष्ट्रेलियामा चक्कु प्रहार सम्बन्धी अपराधमा वृद्धि भएको छ । गत महिना सिड्नीमा क्रिस्चियन धर्मगुरुमाथि पनि चक्कु प्रहार भएको थियो ।

यसअघि पनि सिड्नीको एउटा सपिङ मलमा महिला र बालबालिकालाई चक्कुले निशाना बनाएको घटना भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १० : ५९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।