दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु | Khabarhub Khabarhub

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन् ।

यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ । साथै ६७ जना बेपत्ता रहेको बताइएको छ । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे सहर बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । रियो ग्रान्डे डो सुलमा आएको हावाहुरीका कारण तीन सय नगरपालिका प्रभावित भएका छन् ।

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा वर्षाका कारण बाँध भत्किने खतरा छ । शहरबाट बग्ने गुआबा नदी ५.०४ मिटरको रेकर्ड उचाइमा छ, जुन १९४१ पछि सबैभन्दा उच्च हो । उद्धारकर्मीहरूलाई मानिसहरूको उद्धार गर्न समस्या भइरहेको छ । पानीको बहावका कारण सडकहरु भत्किएका छन् भने पुलहरु बगेका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार उद्धारकर्मीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने प्रयास गरिरहेका छन् । पोर्टो एलेग्रे एयरपोर्टले शुक्रबार मे ३ मा अनिश्चितकालका लागि उडानहरू स्थगित गर्‍यो । मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा भारी वर्षा हुने चेतावनी दिएको छ ।

अविरल वर्षाका कारण सहरका ३ भन्दा बढी जलविद्युत बन्द भएका छन् । जसका कारण सहरमा पिउने पानीको अभाव छ । ५ लाख जनताले पिउने पानी पाएका छैनन् । रियो ग्रान्डे डो सुल गभर्नर एडुआर्डो लेइटले भने, उनको राज्यलाई प्रकोप पछि पुनर्निर्माण गर्न ठूलो लगानीको ‘मार्शल योजना’ चाहिन्छ । हामीले आजसम्म यस्तो अवस्था देखेका छैनौं। यो देशको सबैभन्दा खराब अवस्था हो ।

पोर्टो एलेग्रे सहरका मेयर सेबास्टियो मालोले शनिबार सहरको अर्को नदी ग्राभाताई खतराको चिन्हभन्दा माथि बढेपछि बाढी प्रभावित क्षेत्रहरू खाली गर्न मानिसहरूलाई सल्लाह दिए। उनले जनतालाई सहयोग गर्ने आश्वासन दिएका छन् ।

ब्राजिलका राष्ट्रपति ब्राजिलले बाढी प्रभावित क्षेत्रको भ्रमण गरी केन्द्र सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बाढी र वर्षाका लागि जलवायु परिवर्तनलाई पनि दोष दिएका छन् । ब्राजिलको मौसम विभागले पनि वर्षाको तीव्रताको लागि एल निनो जिम्मेवार रहेको बताएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ०५ बजे

तिहारमा झिनियाँको माग उच्च

म्याग्दी– बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र

रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि

एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि