कांग्रेसले भन्यो : विश्वासको मत लिने कि नलिने भन्ने निर्णयको जिम्मा मुख्यमन्त्रीलाई नै « Khabarhub

कांग्रेसले भन्यो : विश्वासको मत लिने कि नलिने भन्ने निर्णयको जिम्मा मुख्यमन्त्रीलाई नै


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने नलिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री केदार कार्कीलाई छोडिदिएको बताएका छन् ।

आइतबार विराटनगर स्थित प्रदेश सभा भवनमा पत्रकार भेटघाट आयोजना गरी प्रमुख सचेतक तामाङले विश्वासको मत लिने नलिने अधिकार मुख्यमन्त्रीलाई भएकाले उनको निर्णयमा आफूहरूले सहमति जनाएको जानकारी दिए ।

उनले वैशाख ५ गते बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदहरूले अल्पमतमा परिसकेपछि मार्ग प्रशस्त गर्न सुझाव दिएको भए पनि मुख्यमन्त्रीले नमानेपछि उनलाई विश्वासको मत लिने नलिने स्वविवेकीय अधिकार छोडिदिएको जानकारी दिए । फरक प्रसंगमा प्रमुख सचेतक तामाङले वैशाख २५ गते पछि अन्योलग्रस्त कोशी प्रदेशको राजनीति सङ्गलिने जानकारी दिए ।

उनले मुख्यमन्त्री माथि प्रदेश सभाको विशेषाधिकार हनन बारे उठेको विवाद पनि समाधान हुने दाबी गरे । कोशी प्रदेशमा वैशाख २५ गते भित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिए वैशाख २६ गते नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले प्रक्रिया थाल्न प्रदेश सभाको विशेष अधिवेशनले संकल्प प्रस्ताव पारित गरिसकेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : २९ बजे

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर

औद्योगिक रोबोट जडानमा चीनको हिस्सा ५९ प्रतिशत

बर्लिन– विश्वभर जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत

कर्णाली याक्सलाई पल्मबर पाइपको साथ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले