सीप मेलाका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो | Khabarhub Khabarhub

सीप मेलाका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम लिन सक्ने अवस्था थिएन । महानगरपालिकाले निःशुल्क तालिम दियो । यसबाट हामीलाई ठूलो सहयोग भएको छ । 

महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले विभिन्न क्षेत्र र पेशाका तालिमहरु सञ्चालन गरिरहेको छ । यिमध्ये वैशाख १२ गतेबाट सुरु भएको बगैँचे र माली तालिम एउटा पेशाअन्तर्गतको हो । यो १५ दिन अवधिको हो ।  

तालिममा २५ जनाले प्रशिक्षण लिइरहेका छन् । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रिय सभा गृहको बगैँचामा प्रशिक्षण हुने गरेको छ । फूल बगैँचा र बिरुवा सम्बन्धी व्यवहारिक ज्ञान दिन क्रममा सोमबार प्रशिक्षार्थीलाई रत्नपार्कको अवलोकन भ्रमणका लागि लगिएको थियो । 

अवलोकनका क्रममा बगैँचाको ढाँचा, बोट, फूल र बिरुवाको व्यवस्थापनका बारेमा जानकारी गराइएको थियो । 

प्रशिक्षक मदनराज थापाले भने, अवलोकनका क्रममा फूल फुल्ने, फूल नफुल्ने, गहनाका रुपमा रापिने, काँटछाँट गर्नु पर्ने बिरुवाका बारेमा जानकारी गराइएको थियो । यस्तै बगैँचा निर्माणको ढाँचा, यसका प्रकारका बारेमा अवगत गराइएको थियो ।

१८ वर्ष उमेर पूरा भएका, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकलाई तालिम उपलब्ध गराइएको छ । अहिलेको समूहमा २५ जना छन्। 

फूल तथा बिरुवाका बेर्ना उमार्ने, घरभित्र राखिने र बाहिर राखिने फूल तथा बिरुवा, यस्ता बिरुवाको स्याहार, कलमी, फूल तथा बिरुवामा लाग्ने कीरा, रोग र रोकथामका उपायका बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान र सीप माली तालिमको पाठ्यक्रम हो । 

यससँगै बगैँचामा गर्नु पर्ने काममा, डेड हेडिङ्, पिन्चिङ्, डिस्बर्डिङ्, फिडिङ्, गोडमेल, सपोर्ट, सिँचाइँलगायतका विषयमा प्रयोगात्मक सीप सिकाइन्छ ।  

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : ४८ बजे

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको