उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी « Khabarhub

उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्  ।

उद्योग मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन कार्यक्रममा उनले भने, ‘तुलनात्मक लाभ लिई व्यापार विस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न आवश्यक छ, यसका लागि आगामी बजेटमा व्यवस्था हुनेछ, उद्योगको प्रवर्द्धन गर्न, स्वदेशी उद्योगलाई उच्च महत्त्व दिन पनि मन्त्रालय प्रतिबद्ध छ, सोही दिशामा अर्थ मन्त्रालयलाई सुझाव दिइएको छ र आगामी दिनमा पनि दिइनेछ, व्यक्तिगत रूपमा पनि म यस कार्यका लागि विशेष पहल गर्नेछु ।’

मन्त्री भण्डारीले देशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा न्यून रहेको उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताए । उद्योग क्षेत्रको योगदान अर्थतन्त्रमा नभएसम्म आर्थिक समृद्धि नहुने उनको भनाइ थियो । उनले यसका लागि ठूलै सुधारको आवश्यकता औँल्याए ।

सरकार निजी क्षेत्रसँग मिलेर उद्योगमा लगानी प्रोत्साहन गर्दै यसको योगदान बढाउन सबै अगाडि बढ्नुपर्ने मन्त्री भण्डारीको जोड थियो । उनले भने, ‘स्वदेशी लगानीका साथै विदेशी लगानी पनि आकर्षित गर्न, उद्योग क्षेत्रमा लगानी कसरी प्रवर्द्धन गर्न सकिन्छ र विदेशी लगानीकर्तालाई भित्र्याउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको अनुभवसमेतका आधारमा विदेशी लगानीकर्ता प्रोत्साहन गर्न निजी क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्दछु ।’

नेपाल उद्योग परिसङ्घले आफ्नो स्थापनाको समयदेखि नै मुलुकको औद्योगिक प्रवर्द्धनका लागि खेलेको भूमिकाको प्रशंसा गदै उनले विशुद्ध उद्योगीहरूको संस्थाका रूपमा रही परिसङ्घले सरकारको नीति कार्यान्वयनका लागि गरेको सहजीकरण एवं औद्योगिक उत्पादन बढाउनमा गरेको योगदानप्रति धन्यवाद व्यक्त गरे ।

नेपाल सरकार र परिसङ्घबीच समझदारीमा परिसङ्घले सञ्चालन गरिरहेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न कोसेढुङ्गा साबित हुनेमा मन्त्री भण्डारीले विश्वास व्यक्त गरे ।

उनले भने, ‘मन्त्रालयले यो अभियानलाई उच्च प्राथमिकतामा राख्दै आएको छ, मन्त्रालयले पनि यस अभियानलाई सफल बनाउन सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्नेछ, परिसङ्घले सरकार एवं सार्वजनिक निकायलाई स्वदेशी सामान खरिद गर्न आग्रह गर्दै आइरहेको छ, त्यसमा सरकार सकारात्मक पनि छ, कानुनमा पनि यो व्यवस्था छ, यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक पहल पनि लिनेछ, निजी क्षेत्रलगायत सबैलाई स्वदेशी सामान प्रयोग गर्न आग्रह गर्दछु ।’

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : १६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच