भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड « Khabarhub

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिकमा गएको भूकम्पका कारण भत्किएका घर बनाउन भूकम्पपीडितलाई चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनुपर्ने बताएका छन् ।

काठमाडौँमा मंगलबार आयोजित दोस्रो ‘नेपाल सेल्टर फोरम’ सम्बन्धी छलफल कार्यक्रममा उनले समयमा नै भूकम्प पीडितलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

‘भूकम्पपीडितलाई अस्थायी टहरा बनाउन ढिला गर्नुहुँदैन । चाँडोभन्दा चाँडो राहत दिन सक्नुपर्छ,’ मन्त्री जोशीले भने । मनसुनसमेत नजिकिँदै गरिरहेको र यसले भूकम्पपीडितलाई अझै प्रभावित पार्न सक्ने उल्लेख गर्दै उनले राहत वितरणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

‘हामी विपद्का विभिन्न पीडाबाट गुज्रिँदै आइरहेका छौँ । भूकम्पको जोखिममा छौँ’, मन्त्री जोशीले भने । विसं  २०७२ को भूकम्पले भोग्नुपरेको पीडा अझै बाँकी रहेको उनले बताए ।

बाढी पहिरो, चट्याङ, वन डढेलो जस्ता प्राकृतिक प्रकोपका कारण बर्सेनि धनजनको क्षति भइरहेको उल्लेख गर्दै  उनले यसबाट हुने क्षति न्यूनीकरण सम्बन्धी प्रभावकारी नीति कार्यान्वयनको आवश्यकता रहेको बताए ।

मन्त्री जोशीले विगतमा गरिएको पुनः निर्माणको काम प्रशंसनीय रहेको भन्दै अब पनि पुनः निर्माणको कामलाई प्रभावकारी बनाउन सुझाए  । ‘पुनः निर्माण प्राधिकरणबाट २०७२ सालको भूकम्पपछिको पुनः निर्माणको कामअन्तर्गत धेरैजसो निजी निवास, सरकारी भवन, विद्यालय र पुरातात्त्विक भवनको पनि पुनः निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । पुनः निर्माणको कामबाट हाम्रो प्राधिकरणको छवि उच्च भएको छ,”  उनले भने, “यही सिकाइबाट अव राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि कर्णालीका भूकम्पपीडितका आवास बनाउन प्रभावकारी भूमिका खेल्न सकोस् ।’

सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा विपद् राहत उपलब्ध गराउने भनिए पनि क्षमताको अभावले फलदायी हुन नसक्ने उनको भनाइ छ ।

‘साझेदारीबाट काम गर्न कसको कति हिस्सा भनेर नीतिगत व्यवस्था तय भयो, तर सबैसँग वित्तीय स्रोत नभएपछि जाजरकोट भूकम्पपीडितको हकमा यसपाली साझेदारी अनिवार्य नगर्ने भनिएको हो,’ मन्त्री जोशीले भने, ‘कर्णाली प्रदेशमा एक लाखभन्दा बढी घर बनाउनुपर्छ । प्रभावकारी ढङ्गले बनाउन विगतको सिकाइलाई अवलम्बन गर्नुपर्छ ।’ यसका लागि आवश्यक निर्देशिका बनाउन आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : ५६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच