तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ : मन्त्री भण्डारी  « Khabarhub

तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ : मन्त्री भण्डारी 


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

नेपाल तयारी पोसाक उद्योग सङ्घका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवर्द्धनबारे ज्ञापन पत्र बुझ्दै उनले तयारी पोशाकलगायत निर्यातजन्य वस्तु निर्यातका समस्या समाधानका विषयमा चाँडै निर्यात व्यवसायीसँग बृहत् छलफल गर्ने बताए ।

मन्त्री भण्डारीले भने, ‘निर्यात व्यवसायीसित बृहत् छलफल गरेर ठोस निर्णय लिनुपर्ने छ, निर्यातको अवस्था सारै नाजुक भयो, नेपाली वस्तुको निर्यातका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै किसिमका काम गर्न म प्रतिबद्ध छु, निर्यातका सवालमा पुँजीगत समस्या छ, यसमा हामी गम्भीर छौँ, आगामी बजेटले यस विषयमा सम्बोधन गर्छ ।’

सोही अवसरमा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितको टोलीको ज्ञापन पत्र बुझेपछि वाणिज्य सचिव दिनेशकुमार घिमिरेले सम्बन्धित भन्सारका प्रमुखलाई तयारी पोसाक निर्यातमा सहजीकरण गर्न समन्वयका लागि निर्देशन दिए ।

सङ्घले मन्त्री भण्डारी समक्ष तयारी पोशाकको उत्पादन र निर्यात प्रवर्द्धन गर्ने क्रममा संसारका प्रचलित नवीनतम प्रविधि, तदनुसारको प्रशिक्षण तथा लगानीलाई प्रोत्साहन गर्नु अपरिहार्य रहेको माग गरेको थियो ।

ज्ञापन पत्रमा भनिएको छ, ‘मन्त्रालयअन्तर्गत द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र/संस्थाहरूको आर्थिक/प्राविधिक सहायतामा सञ्चालन भइरहेका कार्यक्रम तथा आयोजनाबाट तयारी पोशाक उत्पादन निर्यात प्रवर्द्धन हेतु आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने सूचीमा यस सङ्घको नाम पनि समावेश गर्न अनुरोध छ ।’

काठमाडौँ उपत्यका वा विकल्पमा निकटवर्ती जिल्लामा उपलब्ध पर्ति जग्गामध्येबाट करिब तीन सय रोपनी जग्गामा वातावरणमैत्री तयारी पोसाक ग्रामको अवधारणाअनुसार उपत्यका भरि छरिएर रहेका स–साना उद्योगलाई एकै स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्ने प्रबन्ध गर्नसमेत सङ्घले माग गरेको छ।

ज्ञापनमा भनिएको छ, ‘यस्तो हुन सकेमा अन्तर्राष्ट्रिय साना तथा मझौला क्रेताहरूलाई सरल पहुँच, महाविद्यालयका शिक्षार्थीलाई औद्योगिक अध्ययन–अवलोकन भ्रमण केन्द्र र एकीकृत औद्योगिक वातावरण निर्माणसमेत गर्न सकिने छ।’

सङ्घले वि.सं. २०४६ देखिको खपत मापदण्डलाई अद्यावधिक गरी उद्योगीहरूको आवश्यकताअनुसार थप मापदण्डसमेत उक्त तयारी पोशाक निर्यात प्रवर्द्धन समितिले निर्धारण गर्नुपर्ने माग गरेको छ ।

साथै नयाँ मापदण्ड निर्धारण नभएसम्मका लागि साबिक बमोजिम निकासी र बैँक प्रत्याभूति फुकुवा हुनका लागि अर्थ मन्त्रालयमा समन्वय गरिदिनुपर्ने लगायतका सङ्घका माग छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ३५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको