‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव « Khabarhub

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख अखिलेश यादवले तीन चरणको चुनावबाटै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) इतिहास बनिसकेको दाबी गरेका छन्‌ ।

भारतमा यतिखेर लोकसभा निर्वाचन जारी छ । मंगलबार तेस्रो चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सीटमा मतदान भएको थियो ।

मतदानपश्चात यादवले ट्वीट गर्दै तीन चरणको चुनावले नै भाजपालाई इतिहास बनाइदिएको लेखेका हुन्‌ । ‘तेस्रो चरणमा इन्डिया गठबन्धनको समर्थनमा भएको जबर्जस्त मतदानबाट भाजपाले जतिसुकै षडयन्त्र गरे पनि जनताले मत दिएको पुष्टि गरेको छ ।’

तीन चरणको चुनावबाटै भाजपालाई मतदाताले तीन दशकका लागि देशको राजनीतिबाट बाहिर पुर्‍याइदिएको अखिलेशले लेखेका छन्‌ । कूल सात चरणमा हुने चुनावमा जनताले भाजपालाई आगामी ७० वर्षसम्मका लागि सत्ताबाट हटाइदिने पनि उनले दाबी गरेका छन्‌ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ९ : ३७ बजे

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि