मानव तस्करीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ « Khabarhub

मानव तस्करीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो ।

चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनी भन्दै ४ जना पीडितहरूबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रुपैयाँ लिई सम्पर्क विहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृतिसमेत निकाली फिलिपिन्स पुर्‍याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनी फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुनः दिल्ली पुर्‍याई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रुपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ४२ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब