उपेन्द्रको जवाफ : माधव नेपाललाई प्रधानमन्त्री बनाउन सरकार ढाल्न खोजेको होइन « Khabarhub

उपेन्द्रको जवाफ : माधव नेपाललाई प्रधानमन्त्री बनाउन सरकार ढाल्न खोजेको होइन


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वर्तमान गठबन्धन सरकार ढाल्ने खेलमा आफू नलागेको जवाफ दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले यस्तो जवाफ दिएका हुन् ।

उनले एकीकृत समाजवादीसँग मिलेर अहिलेको सरकार ढाल्न खोजेको भन्दै हल्ला गरिएको गुनासो गरे ।

‘एकीकृत समाजवादीसँग मिलेर सरकार ढाल्ल लागेको हल्ला चलइयो । यो गलत छ ।’, उनले भने, ‘अहिलेको सरकारलाई दिएको समर्थन कायम रहन्छ ।’

उनले पार्टी विभाजित भए पनि पहिचान र समावेशिता अन्दोलनलाई आफूले नछाड्ने पनि जवाफ दिए । आफू उक्त आन्दोलनमा अहिले पनि कायमै रहेको तर्क उनले गरे ।

यादवमाथि माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरी वर्तमान सरकार ढाल्न नेपाली कांग्रेससँग निकटता बढाएको आरोप लागेको थियो ।

उक्त आरोपबीच यादव अमेरिका भ्रमण सकेर फर्किन नपाउँदै अशोक राईसहित ७ जना सांसदहरूले नयाँ दल दर्ता गरिसकेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ४६ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष