‘पार्टी फुटाउन ठूलै खर्च गरेछन्, छाडेर गएकाहरू पछुताउने छन्’ « Khabarhub

‘पार्टी फुटाउन ठूलै खर्च गरेछन्, छाडेर गएकाहरू पछुताउने छन्’


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादव तनावमा छन् ।

उनको त्यो तनाव बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा पनि प्रष्टै देखिन्थ्यो । नवौँ पटकसम्मको पार्टी विभाजन झेलिसकेका उनी पत्रकार सम्मेलनअगावै निराश मुद्रामा देखिए ।

पत्रकार सम्मेलनका क्रममा यादवले आइतबार अशोक राईले सात सांसदसहित पार्टी विभाजन गरेको प्रसंग झिक्दै जो जहाँ गए पनि पार्टीको महाधिवेशन जेठ २८ बाटै सुरु हुने बताएका छन् ।

पत्रकारहरुको प्रश्नको उत्तर दिँदै यादवले पार्टी फुटविरुद्ध कानुनी चुनौती दिन सर्वोच्च अदालत जानेसमेत बताए ।

तर उनले जसपा विभाजनका कारण लागेको पीडा अभिव्यक्त गर्दै ठूलो भाग खोज्नेहरू पछुताउने तर्क गरे ।

‘माहाधिवेशनपछि पार्टी अझै मजबुत र बलियो भएर जान्छ । प्रधानमन्त्रीलाई दिएको विश्वास र सरकारबाट बिदा हुने कुनै सम्भावना छैन’, उनले भने, ‘ठूलो भाग खोज्न गएकाहरू पछुताउने छन् ।’

उनले पत्रकारहरूसँग अशोक राईहरूले छाडेर गए पनि पार्टीको महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म गरेरै छाड्ने जिकिर गरे ।

‘हाम्रो मात्रै होइन, कम्युनिस्ट पार्टीहरू पनि फुटेका फुट्टयै छन्’, उनले थपे, ‘व्यक्तिगत स्वार्थमा पार्टी फुटाउनेहरू पनि देखिएका छन् ।तर उनीहरू पछुताउने दिन आउँछ।’

यादवले लाखौँ पार्टी सदस्य र नेताहरू आफूसँगै रहेको बताउँदै अझै पनि दुईतिहाइ पकड कायमै रहेको दाबी गरे ।

‘लाखौँ पार्टी सदस्य र नेताहरू अहिले पनि हामीसँगै छन् । केन्द्रीय कमिटीमा दुईतिहाइ बढी नेता हाम्रै साथमा छन्, कार्यकारिणी समितिका बहुमत सदस्य यहीँ हुनुहुन्छ’, उनले भने, ‘छाडेर गएका ७ जना सांसदलाई मन्त्री बनाइदिने प्रलोभन देखाए । खर्चसमेत ठूलै गरेछन् । खर्च गरेरै पार्टी फुटाए तर त्यसले जनआधार पाउन सक्दैन । हाम्रै पार्टी भोलि पनि बलियो भएर जानेमा कुनै शंका छैन ।’

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ३५ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा