महानगरको सीप मेलामा डकर्मी तालिमका लागि आवेदन खुला « Khabarhub

महानगरको सीप मेलामा डकर्मी तालिमका लागि आवेदन खुला


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअर्न्तगत ‘सिप मेला २०८१’ मा डकर्मी सम्बन्धी आवेदन खुला गरेको हो ।

महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी र करदाता, फोहर व्यवस्थापन क्षेत्र ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा बसोबास गर्नेलाई प्राथमिकतामा राखेको महानगरले जनाएको छ ।

साथै महानगरले सबै नेपाली नागरिक सबैलाई अवसर दिइने बताउँदै बेरोजगार, युवायुवती, महिला, पुरुष, रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सिप सिकेर तथा काम गरेर फर्केकाहरू, अहिले काम खोज्दै गरेका व्यक्तिहरू सबैले तालिम लिन सक्ने बताएको छ । यो तालिम नि:शुल्क भएको र तालिम टुँडिखेलमा हुने महानगरले बताएको छ ।

सामान्य लेखपढ गर्न सक्ने, १८ वर्ष पूरा भएको नेपाली नागरिकले आवेदन दिन सक्ने र आवेदन दिँदा नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो २ प्रति ल्याउन महानगरले जानकारी दिएको छ ।

महानगरले हाल जारी रहेको सीप मेलास्थल टुंडिखेलमा गएर आवेदन दिन सकिने जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ४३ बजे

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार