टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौँ « Khabarhub

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौँ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन् । बुधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन् ।

सीप मेलाको अवलोकनपछि उनले युवाहरूलाई स्वरोजगार बनाउन निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले धनगढीमा पनि यस्तै खालको सीप मेलाको आयोजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे।

‘युवाहरूसँग डिग्रीको प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेको खाँचो हो। यस्तो खालको सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। धनगढीमा पनि यस्तै सीप मेला आयोजना गर्न हामी तयार छौँ,’ मेयर हमालले भने, ‘तपाईँहरू आउनुहोस्। हामी सहकार्य गर्न तयार छौँ।’

उनले बजारको मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए। ‘हिजो तालिमका नाममा तालिमको ठेक्का पाउनेहरू मात्रै रोजगार भए,’ हमालले भने, ‘अब त्यसरी हुँदैन। तालिम लिएकाहरू साँच्चिकै रोजगार हुने गरी काम हुनुपर्छ।’

काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघकाे सहकार्यमा टुँडिखेलमा आयोजना भइरहेको सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए।

उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाको आवेदन परेको बताउँदै आगामी दिनमा सबैलाई तालिमको अवसर दिएर रोजगारीसँग जोड्ने लक्ष्य लिइएको बताए। राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएको उनले बताए।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : ५७ बजे

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको