कोशीमा नयाँ सरकार दाबीका लागि सांसदहरूको सनाखत गराइँदै « Khabarhub

कोशीमा नयाँ सरकार दाबीका लागि सांसदहरूको सनाखत गराइँदै


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशमा सरकारको दाबीका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सबै सबै सांसदहरूको सनाखत गराइने भएको छ ।

गत असोजमा एमाले र माओवादी दुवैको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीले अल्पमतमा परेर पनि विश्वासको मत नलिएपछि नयाँ सरकारमा दाबीका लागि सबै सांसदको सनाखत गराउन लागिएको हो ।

कार्की प्रदेश सभाबाट विश्वासको मत लिन तयार नभएपछि प्रदेश प्रमुख परशुराम खापुङकले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।  बुधबार मात्रै एमाले र माओवादीका नेताहरूले खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि आह्वान गर्न भनेका छन् ।

तर बुधबार मुख्यमन्त्री कार्कीले जेठ ११ गते बस्ने गरी प्रदेश सभाको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखकहाँ सिफारिस गरेका छन् ।

सरकार अल्पमतमा गएर संविधान अनुसार विश्वासको मत नलिएकोले प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान तयारी गरेको माओवादी संसदीय दलको नेता इन्द्र आङ्बोले बताए ।

सरकारमा सहभागी दल र सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ ।

प्रदेशसभा सचिवालयको पत्र, प्रदेशसभाका ९३ सदस्यमध्ये बहुमत सांसद ५२ सांसदले नयाँ सरकार गठन गर्न गरेको आग्रह, संविधानको व्यवस्था तथा सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ता कार्यालयको रायसमेतका आधारमा नयाँ सरकार गठनको आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख छन् ।

दुई दल एमाले माओवादीले संविधानको धारा १६८ अनुसार सरकार गठन हुनुपर्ने माग गरेका छन् । तर, उपधारा २ कि ५ अनुसार भन्ने उनीहरूले स्पष्ट पारका छैनन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : २० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६