किशोरीको तस्बिरलाई अश्लील बनाएर फेसबुकमा पोस्ट गर्ने शिक्षक पक्राउ « Khabarhub

किशोरीको तस्बिरलाई अश्लील बनाएर फेसबुकमा पोस्ट गर्ने शिक्षक पक्राउ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत एकजना किशोरीको चरित्र हत्या गरेको आरोपमा एउटा निजी विद्यालयका शिक्षक पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत किशोरीको चरित्रहत्या गरेको आरोपमा भक्तपुर नगरपालिका-४ काहालान्च निवासी २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उनी भक्तपुरसे्थित एउटा निजी विद्यालयको शिक्षक रहेको प्रहरीले जनाएको छ ।

ती किशोरीले फेसबुकमा पोष्ट गरेका तस्बिरहरूलाई अश्लील तस्बिरमा अनुहार जोडी आपत्तिजनक कन्टेन्ट लेखेर फेक फेसबुक आइडीमा पोष्ट गरी चरित्र हत्या गरेको आरोप लगाएकी छन् ।

पीडित किशोरीको उजुरीका आधारमा साइबर ब्यूरो भोटाहिटीको टोलीले निजी विद्यालयका ती शिक्षकलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : २९ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल