सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का | Khabarhub Khabarhub

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले नियोजित दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत खड्काले सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर दुष्प्रचार गरिएको बताएका हुन् । उनले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले भैरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

खड्काले लेखेका छन्, ‘पछिल्लो केही समययता सामाजिक सञ्जालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले म माथि भैरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको कानुनले कसैलाई पनि बिनाप्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन। नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ।’

सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको उल्लेख गर्दै उनले उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने बताएका छन् ।

‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दिप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ। यो सबैकाबीच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु’ खड्काले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ८ : ४० बजे

नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास

काठमाडौं- नौ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्नुअघि नेकपा

‘परान’मा दर्शक बढ्न लागेपछि निर्माताले भने– चाँडै अर्को फिल्म घोषणा गर्छौं

काठमाडौं – प्रदर्शनरत ‘परान’का निर्माता रञ्जित आचार्यले चाँडै अर्को फिल्म

घनेन्द्र र जीवनरामलाई साक्षी राख्दै घनश्यामको टिप्पणी- भ्रष्टाचार मुद्दा लागेपछि पद छाड्नुभन्दा माधव नेपालले बहुमतको बल देखए

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले अहिलेको अवस्थामा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

काठमाडौं– नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च

बढ्यो ट्रम्पको तनाव : मेयर जितेपछि ममदानीले भने, ‘न्यूयोर्कले तपाईंलाई जन्मायो, अब उसैले हराउनेछ’

न्यूयोर्क- भारतीय मूलका डेमोक्र्याट उम्मेदवार जोहरान ममदानी अमेरिकी सहर न्यूयोर्कका