रणवीर कपूरले मागे आलियाको हात, बने इमोसनल ! | Khabarhub Khabarhub

रणवीर कपूरले मागे आलियाको हात, बने इमोसनल !


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका आलिया भट्ट र रणवीर कपूर रिलेशनमा आएको समाचार त निरन्तरजसो आइरहन्छ । पछिल्लो दिन खबर आइरहेको छ कि, यी दुईले बिहे पनि गर्दैछन् ।

भारतीय मिडियाका अनुसार रणवीर कपूरले आलियाका बुबा महेश भट्टसँग आलियाको हात मागेका छन् । त्यतिबेला उनी निकै भावुक भएको पनि बलिउड मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् ।

एक समाचार अनुसार महेश भट्टसँग आलियाले हात माग्ने क्रममा इमोसनल भएका थिए, उनका आँखामा आँसु आएको थियो ।

योसँगै खबर आएको छ कि, यी दुईले सन् २०२० मा बिहे गर्नेछन् । त्यसो त यी दुईले बिहे गर्ने खबर यसअघि पनि चलेको थियो । पछि त्यो खबरलाई हल्ला भएको बताइयो ।

आलिया र रणवीरले एकसाथ अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’ प्रदर्शन हुन बाँकी छ । यही फिल्मको शूटिङका दौरान यी दुई प्रेममा परेका थिए । यो यी दुईले एकसाथ काम गरेको पहिलो फिल्म थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ६ : ३८ बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक