कोशीमा नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्ने यी हुन् ५२ सांसद | Khabarhub Khabarhub

कोशीमा नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्ने यी हुन् ५२ सांसद


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बुधबार साँझ सरकार गठनको आह्वान गरेका थिए । उनको आह्यवानपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका हुन् ।

यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका उनको पक्षमा ५२ सांसदको हस्ताक्षर जुटेको छ ।

यसअघि उनी  २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसपछि केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए ।

पछि ०८० भदौ २१ गतेदेखि असोज २० गतेसम्म दोस्रो पटक उनी मुख्यमन्त्री बनेका थिए । दाबी पेस गरेसँगै सांसदहरूको सनाखत गराएर मुख्यमन्त्री नियुक्ति, शपथ र नयाँ मुख्यमन्त्रीको पदबहालीसम्म बिहीबार नै टुंग्याउने तयारी छ।

यसैबीच मुख्यमन्त्रीका लागि कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ । कोशीमा जसपाका एक सांसद छन् । जसपाले समर्थन गरेसँगै कार्कीलाई समर्थन गर्ने सांसदको संख्या ५३ पुगेको छ ।

तर प्रक्रिया अघि बढाउँदा जसपा सांसद नआइपुगेपछि खापुङलाई बुझाएको हस्ताक्षरमा एमाले र माओवादीका ५२ जना सांसदले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १२ : ४४ बजे

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

काठमाडौं– सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास

क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा

काठमाडौं – अल एयनलाई ६-० ले हराउँदै म्यानचेस्टर सिटी फिफा

एसीसी यु–१६ इस्ट जोन क्रिकेट : जापानले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा