आइपिएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बन्यो मुम्बई « Khabarhub

आइपिएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बन्यो मुम्बई


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनमा मुम्बई इण्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ ।

यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ । अंक तालिकामा नवौं स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकी रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो ।

अंक तालिकामा हाल कोलकाता र राजस्थानको १६–१६ अंक छ र क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यस्तै सनराइजर्स हैदरावादको १२ खेलमा १४ अंक छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टको १२-१२ अंक रहेको छ र क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् । चेन्नईले ११ खेल खेलेको छ भने दिल्ली–लखनउले १२–१२ खेल खेलेका छन् ।

मुम्बईको नेट रन रेट पनि निकै कम छ । बाँकी दुई खेल जिते पनि मुम्बईका लागि प्लेअफमा पुग्न १२ अंक पर्याप्त हुनेछैन । मुम्बईले पछिल्लो पटक सन् २०२० मा पाँचौं आईपीएल ट्रफी जितेको थियो ।

त्यस बेलादेखि, मुम्बई पछिल्लो चार सिजनमा २०२३ मा मात्र प्लेअफमा स्थान बनाएको थियो । यस सिजनमा मुम्बईले हार्दिक पाण्डेयलाई कप्तान बनाएपछि टिम एकजुट नरहेको र उनलाई बाँकी खेलाडीको सहयोग नरहेको विभिन्न रिपोर्टमा बताइएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १ : ४३ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ