मधेशमा उथल–पुथल, चिनियाँ राजदूत सहभागी कार्यक्रम छाडेर जनकपुर पुगे तीन मन्त्री « Khabarhub

मधेशमा उथल–पुथल, चिनियाँ राजदूत सहभागी कार्यक्रम छाडेर जनकपुर पुगे तीन मन्त्री


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनता समाजवादी पार्टी नेतृत्वको मधेस सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको छ ।

संसदीय दलका नेता भरत साहलाई अर्थमन्त्री नदिएपछि सरकारबाट माओवादी केन्द्र बाहिरिन लागेको श्रोतले जनाएको छ ।

सरकारबाट बाहिरिने संकेत गर्दै मओवादी संसदीय दलका नेता भरत साहले खबरहबसँग भने, ‘छलफल चलिरहेको छ, जे पनि हुन सक्छ । छलफल सकेपछि अरु कुरा भनौँला ।’

यस्तै माओवादीकै एक नेताले केन्द्रमा जनता समाजवादी पार्टी विभाजित भएको प्रत्यक्ष असर प्रदेशमा पर्नु स्वभाविक रहेको टिप्पणी गरे । ‘सरकारबाट बाहिरिने लगभग निश्चित छ । हेरौँ के हुन्छ छलफल चलिरहेको छ ।’

गत आइतबार अशोक राईले संघीय संसदका सात सदस्यसहित जसपा विभाजन गरेर नयाँ दल दर्ता गराइसकेका छन् ।

त्यसकै असर मधेशमा पनि देखिन थालेको हो । मधेशमा नयाँ दलतिर खुलेका नेता प्रदीप यादवको पक्षमा कम्तीमा पनि ९ जना सांसदहरू उभिने सम्भावना छ ।

माओवादीले समर्थन फिर्ता लिए सरोज यादवको सरकार अल्पमतमा पर्छ ।  त्यसपछि मात्रै जसपाका सांसदहरू नयाँ पार्टीतर्फ खुल्ने गरी सनाखत गर्न तयार हुने भएका छन् ।

सर्लाहीको छाडेर मन्त्रीहरू जनकपुर
मधेस सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिन लागेको खबर आएलगत्तै मधेस सरकारका तीनजना मन्त्री सर्लाहीको बरहथवामा आयोजित कार्यक्रम बीचमै छाडेर जनकपुरधाम आइपुगेका छन् ।

बरहथवा नगरपालिका–३ स्थित एक विद्यालयमा चाइना एडको सहयोगमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमअन्तर्गत महामारी रोकथाम तथा पुनस्र्थापनाका लागि एक कार्यक्रम हुँदै थियो ।

दुर्गम क्षेत्रका विद्यालय र समुदायलाई सहयोग परियोजनाअन्तर्गतको उक्त कार्यक्रममा कार्यक्रममा चिनियाँ राजदूत चेन सोङ्ग पनि सहभागी थिए ।

राजदूत सोङ्गले सम्बोधन गर्न बाँकी रहेकै अवस्थामा कार्यक्रम छाडेर मधेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानून राज्यमन्त्री शारदा थापा जनकपुरधाम पुगेकी छन् ।

एमालेबाट मन्त्री बनेकाहरू सर्लाहीबाट हतार हतार जनकपुरधाम आउनुले प्रदेशको सत्तामा उथलपुथल आउने सम्भावना देखाएको छ ।

सर्लाहीको कार्यक्रम छाडेर जनकपुरधाम पुगेका स्वास्थ्य राज्यमन्त्री रायले केही विषयमा छलफल गर्न आएको बताए । उनले भने, ‘बैठकको विषयबारेमा पछि भनौँला । अहिले आकाष्मिक गोप्य बैठक डाकिएको छ ।’

यस्तै गृह राज्यमन्त्री शारदा थापाले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारुढ दलको बैठक बस्न लागेको बताइन् । उनले भनिन्, ‘सर्लाहीबाट भर्खरै जनकपुर आइपुगेकी छु । केहीबेरमा बैठक बस्छ ।’

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  २ : १४ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल