सरकारलाई पूर्णता दिएर एकसाता भित्रै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री कार्की  « Khabarhub

सरकारलाई पूर्णता दिएर एकसाता भित्रै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री कार्की 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  एक साताभित्र विश्वासको मत लिने भएका छन् । हिजो बिहीबार शपथ ग्रहण गरेका मुख्यमन्त्री कार्कीले हप्ता दिनभित्र नै विश्वासको मत लिने खबरहबलाई बताए । 

उनका अनुसार एक सातामा सरकारलाई पनि पूर्णता दिने योजना छ । उनले भने, ‘यो साताभित्र सरकारलाई पूर्णता दिएर विश्वासको मत लिन्छु ।’ 

बजेट तथा नीति र कार्यक्रमको तयारी गर्नुपर्ने भएकोले सरकारलाई पनि छिट्टै पूर्णता दिने उनको तयारी छ ।  

यता माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्री कार्कीलाई एक सातामा विश्वासको मत दिन सहज भएको बताउँछन् । कुन मन्त्रालयमा को पठाउने भन्ने विषयमा छलफल भइरहेको  आङ्बोको भनाइ छ । 

 आङ्बोले  खबरहबलाई भने, ‘कोशीमा कम्फरटेवल सरकार बन्छ ।’

यता कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिट सुनुवाइको पेशी आज तोकिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १२ : ३१ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय