प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई « Khabarhub

प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि केन्द्र सरकारमा पनि प्रभाव पर्ने संकेत देखिएकाे छ । पार्टी विभाजनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट  छन् ।

यादव बिहीबार बसेको मन्त्रपरिषद् बैठकमा पनि सहभागी भएका थिएनन् । कारण पार्टी विभाजन नै भएकाे उनी निकट नेताहरू बताउँछन् ।

प्रधानमन्त्रीले सरकारबाट बिदा हुन आदेश दिए उनी जुनसुकै बेला पनि सरकारबाट बाहिरिने तयारीमा छन् । यादवले आफू सरकारमा ‘कम्फर्टेबल नभएको महसुस गरिरहेको उनी निकट नेताको भनाइ छ ।

यादव सरकारबाट बाहिरिए उपप्रधानसहित स्वास्थ्य मन्त्रालयमा नयाँ पार्टी जसपा नेपालका अध्यक्ष अशोक राईको ‘इन्ट्री’ हुने सम्भावना छ । 

राईले सरकारमा जान इच्छा राखिरहेका छन्  । तर यस विषयमा प्रधानमन्त्रीले अहिलेसम्म चासाे दिएका छैनन् । यादवलाई  सरकारबाट फिर्ता गराउन राईले जोडबल गरिरहेकाे स्राेत बताउँछ ।

यता एमाले भने उपेन्द्र बाहिरिए सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सामेल गराउने तयारीमा छ ।

मधेस प्रदेश सरकारमा तलमाथि हुने संकेत देखिए मात्र उपेन्द्र सरकारबाट बिदा हुने स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘यो परिस्थिति मिल्दै जान्छ । मधेस सरकार धरापमा छैन हामी किन डराउने र ?’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ५० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी