उपप्रधानमन्त्री यादवको तर्क- जसपाको फुटले सरकारलाई असर गर्दैन « Khabarhub

उपप्रधानमन्त्री यादवको तर्क- जसपाको फुटले सरकारलाई असर गर्दैन


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको फुटले सरकारलाई असर नगर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार गरेको अन्तरसंवादमा उपप्रधानमन्त्री यादवले यसो भनेका हुन् ।

‘हामी स्थिर सरकारका पक्षमा छौँ, हामीले जहिले पनि स्थिरता खोजेका छौँ, त्यो दायित्वबाट पछि हट्दैनौँ’, उनले भने, ‘सरकारलाई दिएको समर्थन जारी छ, हाम्रो कारणले सरकार ढल्दैन, हामी सरकार ढाल्ने खेलमा लाग्दैनौँ ।’

जसपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले आफ्नो पार्टीले राजनीतिक स्थिरता, सुशासन, विकास, समृद्धि र संघीय गणतन्त्रको स्थायित्व खोजेकाले सरकार ढाल्ने खेलमा नलाग्ने बताए ।

उनले पार्टी फुटाएको विषयमा सर्वोच्च अदालतमा न्यायका लागि जाने पनि जानकारी दिएका छन् ।

‘मसरकारको प्रतिनिधित्व गरेर विदेश गएको बेलामा यहाँ षडयन्त्र गरेर पार्टी फुटाइयो, पार्टी फुटाएको विषयमा हामी आइतबारसम्म सर्वोच्च अदालबाट कानुनी चुनौती दिन्छौँ, सर्वोच्चले पक्कै न्याय दिएर पार्टी फुटलाई बदर गर्नेछ’, उनले भने ।

पार्टी फुटाएर षडयन्त्रपूर्वक अस्वाभाविक, सिद्धान्तविहीन रुपमा अनैतिक र असंवैधानिक कार्य गरेको उल्लेख गरे ।
नयाँ पार्टीको नाम, झण्डा र लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोलिपल्ट पार्टी दर्ता गराएको उनको आरोप थियो ।

‘पार्टी फुटाएर लोकतन्त्र कमजोर पार्ने तथा देशमा अस्थिरता ल्याउन खोजेको देखियो’, उपप्रधानमन्त्री यादवले भने ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : ५१ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम