बाख्रालाई घाँस खुवाउँदा ५ हजार जरिवाना ! « Khabarhub

बाख्रालाई घाँस खुवाउँदा ५ हजार जरिवाना !


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुर महानगरपालिकाले सडक पेटीमा रुख विरुवा रोपेर हरियाली बनाएको छ । तर, सडकमा रोपिएका बिरुवा काटेर बाख्रालाई घाँस खुवाउने कार्य पनि हुने गरेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

काठमाडौं र ललितपुर दुबै शहरका सडक पेटीमा रोपिएका विरुवा भाँच्ने, उखेल्ने आदि समस्या देखिँदै आएका छन् ।

यसै सन्दर्भमा सडक पेटीको रुख काटेर बाख्रालाई घाँस खुवाएको आरोपमा ललितपुर महानगरपालिकाले शुक्रबार एक व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

सडकको पेटीमा रोपिएको विरुवा काटेर बाख्रालाई घाँस खुवाएको आरोपमा महानगरपालिकाले वडा नम्बर २५  भैंसेपाटीका स्थानीय लालबहादुर लामासँग ५ हजार रुपैयाँ जरिवाना असुल गर्ने निर्णय गरेको हो ।

लामाले सडक पेटीमा रापिएको रुखको मोटो हाँगो काटेर बाख्रलाई घाँस हालेको महानगरको भनाइ छ ।

तस्बिरहरु : मिडिया लाइब्रेरी

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : २७ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने