बाख्रालाई घाँस खुवाउँदा ५ हजार जरिवाना ! | Khabarhub Khabarhub

बाख्रालाई घाँस खुवाउँदा ५ हजार जरिवाना !


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुर महानगरपालिकाले सडक पेटीमा रुख विरुवा रोपेर हरियाली बनाएको छ । तर, सडकमा रोपिएका बिरुवा काटेर बाख्रालाई घाँस खुवाउने कार्य पनि हुने गरेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

काठमाडौं र ललितपुर दुबै शहरका सडक पेटीमा रोपिएका विरुवा भाँच्ने, उखेल्ने आदि समस्या देखिँदै आएका छन् ।

यसै सन्दर्भमा सडक पेटीको रुख काटेर बाख्रालाई घाँस खुवाएको आरोपमा ललितपुर महानगरपालिकाले शुक्रबार एक व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

सडकको पेटीमा रोपिएको विरुवा काटेर बाख्रालाई घाँस खुवाएको आरोपमा महानगरपालिकाले वडा नम्बर २५  भैंसेपाटीका स्थानीय लालबहादुर लामासँग ५ हजार रुपैयाँ जरिवाना असुल गर्ने निर्णय गरेको हो ।

लामाले सडक पेटीमा रापिएको रुखको मोटो हाँगो काटेर बाख्रलाई घाँस हालेको महानगरको भनाइ छ ।

तस्बिरहरु : मिडिया लाइब्रेरी

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : २७ बजे

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको