राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा « Khabarhub

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् ।

सरकारले एक सय रुपैयाँ दरको नयाँ नोटमा २०७७ मा संसद्‍बाट पारित चुच्चे नक्सा राख्ने निर्णयको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् ।

सल्लाहकार नेपालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सय दरको नोटमा चुच्चे नक्सा राख्दा भारतसँगको सम्बन्ध बिग्रिने भन्दै नेपालले राष्ट्र बैंकको निर्णयमा असन्तुष्टि जनाएका थिए । उनी आफैं राष्ट्र बैंकका पूर्वगभर्नर पनि हुन् ।

नेपालको उक्त अभिव्यक्तिपछि राष्ट्रपति रामचन्द्र पौडेलले पनि उनीसँग सोधपुछ गरेका थिए ।

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकार नेपालको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउँदै आएका थिए ।

नेपालको नक्सा नोटमा प्रकाशित गर्दा राष्ट्रपतिका सल्लाहकारको टाउको दुखेको भन्दै ओलीले कडा आपत्ति जनाएका थिए ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ११ : १७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने