राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा « Khabarhub

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् ।

सरकारले एक सय रुपैयाँ दरको नयाँ नोटमा २०७७ मा संसद्‍बाट पारित चुच्चे नक्सा राख्ने निर्णयको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् ।

सल्लाहकार नेपालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सय दरको नोटमा चुच्चे नक्सा राख्दा भारतसँगको सम्बन्ध बिग्रिने भन्दै नेपालले राष्ट्र बैंकको निर्णयमा असन्तुष्टि जनाएका थिए । उनी आफैं राष्ट्र बैंकका पूर्वगभर्नर पनि हुन् ।

नेपालको उक्त अभिव्यक्तिपछि राष्ट्रपति रामचन्द्र पौडेलले पनि उनीसँग सोधपुछ गरेका थिए ।

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकार नेपालको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउँदै आएका थिए ।

नेपालको नक्सा नोटमा प्रकाशित गर्दा राष्ट्रपतिका सल्लाहकारको टाउको दुखेको भन्दै ओलीले कडा आपत्ति जनाएका थिए ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ११ : १७ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका