पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी « Khabarhub

पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठनलाई बलियो बनाउनुको विकल्प नरहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको आज यहाँ आयोजित दशौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले एमालेको सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रहेका अधिकारीले पार्टीभित्र गुट, उपगुट नरहेकाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न आग्रह गरे । उनले भने, ‘पार्टी सुदृढ, बलियो बनाउँदै देशको ठूलो पार्टी बनाउनेतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुपर्छ । अहिलेको मुख्य कार्यभार त्यही हो ।’

एमालेको नेतृत्वमा सुखी नेपाली, समृद्ध नेपाल अभियान साकार हुने बताउँदै मुख्यमन्त्री अधिकारीले सोही दिशातर्फ अग्रसर हुन सबैलाई आग्रह गरे । वर्तमान सरकार समृद्ध गण्डकी प्रदेश निर्माणमा सक्रिय रहेको बताउँदै उनले सरकारले जनमुखी काम गर्ने चर्चा गरे।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : १७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र