आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ : सांसद भुसाल | Khabarhub Khabarhub

आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ : सांसद भुसाल


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) का सांसद डा वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई अग्रगतिको अनुभूति दिन सक्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसद भुसालले आगामी आवका बजेट निर्माणमा समाजको अवस्थालाई सुधारोन्मुख बनाउनुपर्ने धारणा राखे ।

उनले संसदमा अध्यादेशमार्फत कानुन संशोधन गरी पूर्व बजेट छलफलको प्रक्रियालाई अगाडि सारेर परिवर्तन गरे पनि सोहीअनुसार काम हुने स्थिति हुन सकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

उनले भने, ‘यस अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रूपमा परिवर्तन गर्न दिशानिर्देश गर्ने खालको नीति तथा कार्यक्रम आउनुपर्छ । ती नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने खालको बजेट विनियोजन आवश्यक छ ।’

उनले संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन र उपभोगका लागि राजनीतिक नेतृत्वबाट धेरै काम हुन नसकेको गुनासो व्यक्त गरे । ‘हामीले सहिदहरूको सपना पूरा गर्न कति काम गर्‍यौ ?’, सांसद भुसालले भने,’राजनीतिक व्यवस्था परिवर्तनका निम्ति लडेका, ती सहिदहरुसँगसँगै लडेका हामी कोही सरकारमा छौँ कोही प्रतिपक्षमा छौ । पछिल्लो २० वर्षमा संविधान त बनायौ तर यसमा भएका व्यवस्थाको कार्यान्वयनका लागि हामीले कति काम गर्‍यौ ?’

उनले संविधानले समाजवादतर्फ उन्मुख बनाउन निर्देशित गरेअनुसार काम हुन नसकेको धारणा राखे । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन एवं रूपान्तरण क्षेत्रमा काम गर्न नसकेका कारणले उठेका प्रश्नहरूले सिंगो व्यवस्थाप्रति प्रश्न उठेको उनको भनाइ थियो ।

सांसद भुसालले भने, ‘यस अवधिसँग तुलना गर्ने हो भने सन्तुष्ट हुने हो कि हैन भन्ने प्रश्न पनि गर्न चाहन्छु । सत्तापक्षमा हुँदा गरेका छौँ भन्छौ र प्रतिपक्षमा जाँदा किन भएन भनेर प्रश्न गर्छौ । यसका लागि हामी सबै जिम्मेवार छौ ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : २४ बजे

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको