सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमान्सँग सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा आदानप्रदान भएका गोप्य अङ्ग देखिने तस्बिर/भिडियो पीडितका साथीलाई पठाउने मकवानपुरका २४ वर्षीय फुर्साङ रुम्बालाई पक्राउ गरी प्रहरीको साइबर ब्यूरोले शुक्रबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले फेक एकाउन्ट बनाएर गोप्य अङ्ग देखिने तस्बिर/भिडियो पीडितका साथीहरूलाई पठाएको अभियोगमा रुम्बालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका रुम्बामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अवस्थीले बताए।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ६ : १६ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत