रारा कप कबड्डीको उपाधि सुर्खेतलाई « Khabarhub

रारा कप कबड्डीको उपाधि सुर्खेतलाई


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष कबड्डी प्रतियोगिताको दुवैतर्फको उपाधि सुर्खेतले जितेकाे छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ दैलेखलाई तथा महिलातर्फ सल्यानलाई हराउँदै सुर्खेतले उपाधि हात पारेको हो ।

 पुरुष फाइनमा सुर्खेतले ४७ अङ्क तथा दैलेखले २९ अङ्क प्राप्त गर्‍यो । यस्तै महिलातर्फ सुर्खेतले २९ तथा सल्यानले २७ अङ्क प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले जानकारी दिए । पुरुषतर्फ जाजरकोट र सल्यान तृतीय भए ।

महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भए । प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका हुम्ला बाहेक नौ जिल्लाको टोली तथा महिलातर्फ डोल्पा, हुम्ला र रुकुम पश्चिम बाहेकका सात जिल्ला सहभागी थिए ।

तीन दिनसम्म चलेको प्रतियोगिताका विजेतालाई पूर्व सांसद गोपालबहादुर बम, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य टक्कबहादुर शाहीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

कर्णाली प्रदेश खेककुद विकास परिषद्को आर्थिक सहयोग तथा मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा रारातालको किनारमा पहिलो पटक कर्णाली प्रदेशस्तरीय महिला तथा पुरुष कबड्डी प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ६ : ५८ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग